• HOME
  • NEWS
  • ENTERTAINMENT
  • FINANCE
  • SPORTS
  • LITERATURE
  • ARTICLES
  • MOVIE
  • FASHION
  • FOOD
  • DOWNLOADS
एजेन्सी- धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् । जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ । जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ   जसले गर्दा एनेमिया (रक्तअल्पता)जस्ता समस्या आउनबाट जोगाँउछ । पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ । आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् 
कागती बहुउपयोगी र गुणकारी फल हो । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ । कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउँछ । कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ  । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । दालसँग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ । सधैं कागती खाने घरमा मानिस बिरामी हुँदैनन् भन्ने मान्यता पनि छ । चिसो मौसममा कागतीले रुघाखोकीबाट बचाउँछ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ । कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ । कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ । वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ । उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ । घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ । कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ । त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ । पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने, नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ । जुम्रा पर्दा पनि कागतीको प्रयोग गर्न सकिन्छ । दुई चम्चा जति कागतीको रस र एक–दुई चम्चा लसुनको लेदो बनाएर तीन–चार घण्टासम्म टाउकामा यसको लेदोले मसाज गर्दा जुम्रा मर्छ ।
धेरैे लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन् । यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । कति प्रकारका रोगब्याधि लसुनले ढिम्किनै दिँदैन, कतिलाई लखेट्छ । लसुनमा एलिएम नामको एन्टिबायोटिक हुन्छ । जसले प्राकृतिक एन्टिबायोटिकका रुपमा काम गरिरहेको हुन्छ । स्वास्थ्यका लागि फाइदा गर्ने भएकैले विश्वका हरेक ठाउँमा यसको प्रयोग जरुरी ठानिएको हो ।
एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ  ।

लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।

पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।

लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति  शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ ।

लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।

टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ ।
फूलका समस्यमा पनि बिहान उठ्नेबित्तिकै मनतातो पानीसँग यसको प्रयोग गर्न लाभदायक हुन्छ ।
बिबिसी - एक अध्ययनले बेसारले मस्तिष्कको क्षमता बढाउने देखाएको छ । स्टेम सेल रिसर्च एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययन अनुसार बेसारमा पाइने एक तत्वले मस्तिष्क कोशिकाको बृद्धि विकास गर्छ । अनुसन्धानकर्ताका अनुसार मुसामा गरिएको यो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्ट्रोकको औषधि बनाउन पनि बेसार उपयोगी साबित हुनेछ ।
तापनि अनुसन्धानकर्ताले मानिसका लागि यसको प्रभावकारीता जान्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
जर्मनस्थित इन्स्टिच्युट आफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने ‘टर्मेरोन’ तत्वको अध्ययन गरेका थिए । सुइको माध्यमले मुसामा ‘टर्मेरोन’ दिइएको थियो । ‘टर्मेरोन’ दिएपछि फेरी मुसाको मस्तिष्कको स्क्यान गरिएको थियो । यसले मस्तिष्कको कोशिकाको विकासका लागि मिम्मेदार एक भाग ज्यादा सक्रिय रहेको देखिएको थियो ।

अर्को एक अध्ययनमा ति अनुसन्धानकर्ताले मुसाको नर्भस सिस्टमको स्टेम सेललाई बेसारको ‘टर्मेरोन’को घोलमा डुबाएका थिए । घोलमा डुबाएका कोशिकाहरु मस्तिष्कको अन्य कुनै पनि कोशिकामा बदलिने क्षमता रहेको पाइएको थियो । अनुसन्धानकर्ता टोलिका एक सदस्य डा. मारिया एडेल रुजर भन्छिन् ‘मानिस वा अन्य कुनै विकसित प्राणिमा मस्तिष्कको  ‘रिपेयर’ गर्न सक्ने क्षमता देखिदैन तर माछा र अन्य साना जिवमा यस्तो क्षमता अधिक हुन्छ ।’
अनुसन्धानकर्ताले टर्मेरोनको घोल जति गाढा बनाएका थिए मस्तिष्कको स्टेम सेलमा त्यतिनै मात्रामा विकास भएको पाएका थिए । ती कोशिकाहरु कुनै खास प्रकारका कोशिकामा परिवर्तन हुने प्रक्रिया पनि छरितो रहेको थियो । यसअघि भएको एक अध्ययनले बेसारमा पाइने ‘सर्कुमिन’ तत्व क्यान्सरका लागि लाभदायी र सूजन पनि कम गर्ने देखाएको थियो ।
तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस् । किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ । अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर डाक्टरकोमा जानुपर्दैन । दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन् । नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । अनुसन्धानका क्रममा १ सय ६० जना महिलालाई एक वर्षसम्म दिनहुँ ड्राइड् (सुकाएको) स्याउ र ड्राइड् आलुबखडा खान लगाइएको थियो । यसबाट उनीहरूको स्वास्थ्यमा परेको प्रभाव मापन गर्न तीन, छ र १२ महिनामा उनीहरूको रगत परिक्षण गरिएको थियो । रगत परिक्षण गर्दा स्याउ खाने महिलाको शरीरमा कोलेस्ट्रोलको मात्रा १४ प्रतिशतले कम भएको थियो । साथै, उनीहरूको वजन करिब साढे एक किलो कम भएको थियो । अनुसन्धानमा संलग्न डा. बाहरम एच अर्जमान्दीका अनुसार आलुबखडा खाने महिलाका स्वास्थ्यमा पनि केही प्रगति देखिएको थियो, तर स्याउ खानेका भन्दा कम ।
असार लागेको छ । बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । यसका फाइदा निम्न छन् :
१. क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
२. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ ः यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५. पाचन प्रक्रिया राम्रो बनाउछ  : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
६. रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
७. एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
८. प्रजनन क्षमतामा वृद्धि गर्छ : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९. खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१० यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
१२. ब्ल्याकहेड (काला रौं) को उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
१३. एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि  धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
१४. कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
अरु पनि छन् आँपका फाइदा
–    यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ ।
–    सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।
–    मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।
–    कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ ।
–    कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ ।
–     गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ ।
–    लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ ।
–    आँप खाएपछि तातो दूध  पिउनुस्, तर, पानी भने सेवन नगर्नुस् ।
–    एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ ।
–    यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ ।
–    यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ ।
–    २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध  मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ ।
- See more at: http://swasthyakhabar.com/2014/06/11891.html#sthash.A5lq120f.dpuf
Newer Posts Older Posts Home
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
Blog Archive
  • Jul 2015 (37)
  • Jun 2015 (12)
Copyright © 2012. midnepal.com. All rights reserved.
Home