मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।
वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।
शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।
मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।
कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।
माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।
भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।
चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।
माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।
अन्त्यमा,
मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।

रामकुमारीको सधैंजसो टाउको दुखिरहन्छ। टाउको दुखेको बेलामा वाकवाकी लाग्ने,वान्ता हुने पनि गर्छ। उनको टाउको यति नराम्रोसँग दुख्छ कि कहिलेकाहीं त उनलाई टाउको चर्किएर फुट्ला जस्तै लाग्छ। उनको कहिले आधा टाउको त कहिले पूरै टाउको उम्लिएको जस्तै गरी दुख्छ। कति ठाँउमा जँचाइसकियो, कति डाक्टरलाई देखाइसकियो, तैपनि ठिक भएको हैन। एक्सरे को त के कुरा सिटी स्क्यान नै तीनचार पटक गरिसकियो, तैपनि न रोग पत्ता लाग्छ न त ठिक नै हुन्छ।
रामकुमारीलाई के भएको होला त?
माइग्रेन भनेको के हो?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन(Inflammation) गराएर टाउको दुख्ने तथा माइग्रेनका अन्य लक्षणहरु देखिने हुन्छ। टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण पत्ता लागेको छैन।
माइग्रेनका लक्षणहरु के के हुन्?
माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म रही रहने) रोग हो र यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने र पूर्णरुपमा ठिक हुन निकै नै गाह्रों हुने हुन्छ। यसमा प्राय:गरेर टाउकोको एक भागमा मात्र दुख्ने हुन्छ तर करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ। साथै कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ। यसमा टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ। यसमा टाउको दुखाइको साथसाथै वाकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्। त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन्।
यसको टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा (लगभग ४० देखि ६०%मा)चिडचिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाई लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने (डिप्रेशन/ Depression वा युफोरिया/ Euphoria) हुने आदि हुन्छ।
यसको टाउको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहने गर्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म विरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ महसुस गर्ने गर्छन्।
माइग्रेनमा औरा (Aura) भनेको के हो?
माइग्रेन भएको करिब २०% विरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षणहरु देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाहरु यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडी कालो धब्बा देख्ने गर्छन्। त्यस्तै कसैकसैले अनौठो आवाजहरु सुन्ने गरेको वा अनौठो गन्ध महसुस गरेको पनि भन्ने गर्छन्। माइग्रेन टाउको दुखाइ अघिका यी लक्षणहरुलाई औरा (Aura) भनिन्छ। लामो समयदेखि माइग्रेन भएको विरामीहरुले यी लक्षणहरुका आधारमा आफूलाई टाउको दुखाइ शुरु हुन लागेको थाहा पाउँछन्।
माइग्रेन विभिन्न प्रकारका हुन्छन्। मष्तिस्कको कुन भागमा माइग्रेनको असर भएको हो, त्यस अनुसार लक्षणहरु फरकफरक देखिने गर्छन्।
भरटिब्रो बेसिलर माइग्रेन (Vertibro-basilar Migraine) - मष्तिस्कको ब्रेन स्टेम(Brainstem) भनिने भाग (सन्तुलन र होसमा राख्ने कार्य गर्ने मष्तिस्कको तल्लो भाग) मा माइग्रेनको असर परेको छ भने औराको रुपमा विरामी बेहोस हुने साथै रिंगटा, चक्कर लाग्ने, कुनैपनि वस्तु दुईटा देखिने (Double vision) गर्छ।
हेमीप्लेजीक माइग्रेन (Hemiplegic Migraine) - माइग्रेनको टाउको दुखाइसँगसँगै कसैकसैमा शरीरको कुनै भाग नचल्ने/ प्यारालाइसिस हुने (तर प्राय: गरेर केहि समयको लागि मात्र) गर्छ।
माइग्रेन रोग नै हो भनेर कसरी पत्ता लाग्छ?
माथि भनिएका लक्षणहरुको आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ। यसको लागि कुनै निश्चित जाँच छैन र डाक्टरले गर्ने शारिरीक जाँचमा पनि प्राय:मा केहि पनि खराबी नदेखिने हुन्छ।
तर यो टाउको र मष्तिस्कका अन्य विभिन्न गम्भिर समस्याहरु (सबएराक्नोइड हेमोरेज/ Subarachnoid hemorrhage, स्ट्रोक/ Stroke, ब्रेन ट्युमर/ Brain Tumor, मेनिन्जाइटिस/ Meningitis) आदी सँग झुक्किने भएकोले ती रोगहरुबाट छुट्ट्याउनका लागि लक्षणहरु अनुसार डाक्टरको सल्लाहमा रगतको जाँच, टाउकोको सिटी स्क्यान, एम आर आइ, ढाडबाट पानी निकालेर गरिने जाँच आदी गर्न सकिन्छ।
यसको उपचार के हो?
यहाँ बुझ्नुपर्ने कुरा के छ भने माइग्रेनको उपचारले यो पूरा ठिक हुने र भविष्यमा कहिले पनि नदोहोरिने एकदमै कममा मात्र हुन्छ। तर त्यसो भनेर निरास हुनुपर्ने अवस्था छैन किनकी माइग्रेनका लक्षणहरु कम गर्ने, विरामीको दैनिक जीवन सजिलो बनाउने विभिन्न उपचार पद्दतीहरु हामीसँग उपलब्ध छन्।
यसको उपचारका दुई भागहरु छन्।
१. टाउको दुखाइ (माइग्रेन अट्याक) शुरु भैसकेपछि सो कम गर्न गरिने उपचार
यसमा सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल र NSAIDs (ब्रुफेन, नाप्रोक्सेन आदि) का साथै माइग्रेनमा प्रयोग गरिने विशेष औषधीहरु जस्तै ट्रिप्टान, एर्गोट समूहका औषधीहरु पर्छन्। पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ। तर यिनीहरु प्रयोग गर्दा यिनका खराब असरहरु (पारासिटामोलको अत्यधिक सेवनले कलेजोमा पार्ने खराब असर, ब्रुफेनको अत्यधिक प्रयोगले मृगौलामा पार्ने खराब असर) र अन्य औषधीहरु पनि सेवन गरिरहेको भए तिनीहरुसँग गर्ने प्रतिकि्रया बारे पनि ख्याल राख्नुपर्छ। त्यसैले अन्य औषधीहरु पनि खाइरहेको भए वा अन्य रोगहरु पनि भएको अवस्थामा डाक्टरको सल्लाहमा मात्रै यी औषधीहरुको सेवन गर्नु उचित हुन्छ।
यी औषधीहरु सिटामोल, आइबुप्रोफन, क्याफिन/ Caffeine, वान्ता रोक्ने औषधी मेटोक्लोप्रामाइड/ Metoclopramide आदीका विभिन्न कम्बिनेसनहरुमा पाइन्छन्।
टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा माथि भनिएका औषधीहरुले काम नगर्न सक्छन्। त्यस्तो बेलामा ट्रिप्टान र एर्गोट समूहका औषधीहरु प्रयोग गरिन्छन्। यिनीहरुले माइग्रेन हुने कारणलाई नै कम गर्छन् अर्थात् रगतका फूलेका नलीहरुलाई खुम्चाउने काम गर्छन्। त्यसैले माइग्रेनमा यिनीहरु सामान्य दुखाइका औषधीहरुभन्दा बढि प्रभावकारी हुन्छन् तर यिनीहरुले माइग्रेन गराई रहेका रक्तनलीहरुलाई मात्र नभई अन्य अँगहरुका रक्तनलीहरुलाई पनि खुम्चाउने भएकोले मुटु, मष्तिस्क जस्ता विभिन्न अँगहरुमा खराब असरहरु देखिन सक्छन्। साथै यी औषधीहरु गर्भवती महिलाहरुमा प्रयोग गर्नु हुदैंन।
ट्रिप्टान (Triptan) समूहका केहि औषधीहरु:-
सुमाट्रिप्टान/ Sumatriptan, जोलमीट्रिप्टान/ Zolmitriptan, रिजाट्रिप्टान/ Rizatriptan
एर्गोट (Ergot) समूहका केहि औषधीहरु:-
एर्गोटामीन/ Ergotamine, डाइहाइड्रो एर्गोटामीन/ Dihydroergotamine
नोट:- डाक्टरको सल्लाह विना यी औषधीहरुको सेवन गर्नुहुदैंन।
यी औषधीहरुका साथै अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्। त्यस्तै टाउको दुखाइ अलिअलि मात्रै भएमा बरफको प्रयोग गर्ने, ध्यान गर्ने, आराम गर्ने पनि गर्न सकिन्छ।
२. भविष्यमा कम माइग्रेन अट्याक होस् भनेर गरिने उपचार (प्रोफाइल्याक्टिक उपचार/ Prophylactic treatment)
यो दुइ तरिकाले गर्न सकिन्छ।
क) माइग्रेन गराउन सक्ने कारक तत्वहरुबाट टाढा रहने
विभिन्न वातावरणीय कुराहरु र शारिरीक कुराहरुले माइग्रेन टाउको दुखाइ निम्त्याउन सक्छन्। यो विरामी अनुसार फरक फरक हुन्छन् र कमैले मात्र‘यहि कारणले मलाई माइग्रेन निम्त्याउछँ’ भनेर थाहा पाँउछन्। मानसिक वा शारिरीक तनाव, अनिद्रा, खाली पेट बस्नु, जाँडरक्सी सेवन, चुरोटको धँवा, एमएसजी (MSG), टाइरामीन (Tyramine) भएका खाना, चीज(Cheese) चकलेटको सेवन, चम्किला झिमझिम गरिरहेका बत्तीहरु,महिनावारीको बेलामा हुने हर्मोनहरुको गडबडी आदी विभिन्न कारणहरुले माइग्रेन निम्त्याउने गर्छन्। यो कुरा थाहा भएमा उक्त कुराबाट टाढा बसी माइग्रेनको अट्याक कम गर्न सकिन्छ।
ख) माइग्रेनको अट्याक कम गराउने औषधीहरुको सेवन गर्ने
प्रोफाइल्याक्टिक औषधीहरुको सेवनले माइग्रेन अट्याक कहिल्यै पनि नहुने होइन तर यसको बारम्बारता र बल्झिरहने क्रम कम हुन्छ। निम्न औषधीहरु यो उद्देश्यले प्रयोग गर्ने गरिन्छन्।
१. बिटा ब्लकर (Beta blockers)
प्रोपानोलोल/ Propanolol, एटेनोलोल/ Atenolol, मेटोप्रोलोल/
Metoprolol, नाडोलोल/ Nadolol आदी
२. क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blockers)
डील्टियाजाम/ Diltiazam, भेरापामील/ Verapamil आदी
३. ट्राइसाइक्लिक एन्टि डिप्रेसेन्ट/ टिसीए (Tricyclic
Antidepressants/ TCAs)
एमीटिप्टालीन/ Amitryptiline, नर टिप्टालीन/ Nortriptiline,
डोक्सेपिन/ Doxepin, इमीप्रामीन/ Imipramine आदी
४. एन्टि कन्भल्सेन्ट (Anticonvulsants)
भाल्प्रोइक एसिड/ Valproic Acid, फेनोबारबीटोल/
Phenobarbitol, गाबापेन्टिन/ Gabapentin आदी
यी औषधीहरुका विभिन्न खराब असरहरुको साथसाथै अन्य रोगहरु र औषधीहरुसँग प्रतिकि्रया गर्ने भएकाले डाक्टरको सल्लाहमा मात्र यिनीहरुको प्रयोग गर्नुपर्छ। त्यस्तै सबैमा यी औषधीहरुको प्रयोग गर्नुभन्दा अत्यधिक मात्रामा टाउको दुख्ने,महिनाको दुई पटक भन्दा बढि माइग्रेन अट्याक हुने, माइग्रेनले दैनिक जीवनमा धेरै नै असर गरेको अवस्थामा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यी औषधीहरु लगातार रुपमा लामो समयसम्म खाइरहनुपर्ने हुन्छ।
माइग्रेनका विरामीहरुले के के गर्नुपर्छ?
१. माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर् याउनुपर्छ। विभिन्न कुराहरुले यो टाउको दुखाइ हुने अवस्था सिर्जना गरिरहेका हुन्छन्। र त्यसरी ध्यान पुर् याइयो वा ख्याल राखियो भने पछि ती कुराहरुबाट बचेर माइग्रेन अट्याकलाई कम गर्न सकिन्छ।
२. यसको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुपर्छ। आफ्नो रोगको बारेमा थाहा भएमा त्यसको असर देखिएको बेलामा के गर्ने भनेर थाहा हुन्छ।
३. जाडरक्सी, चुरोटको सेवन कम गर्ने, लामो समयसम्म खाली पेट नबस्ने,निद्रामा गडबडी हुन नदिने, ध्यान गर्ने, स्वस्थ खानाको सेवन गर्ने जस्ता जीवन पद्दतीमा परिवर्तन ल्याएर पनि माइग्रेनको अट्याकहरुलाई कम गर्न सकिन्छ।
स्रोतहरु:-
अब मानवको मात्र होइन यन्त्रमानवको पनि बिहे हुने दिन आएको छ । यन्त्रमानव अर्थात् रोबोट निर्माणको अग्रणी देश जापानले विश्वमै पहिलोपटक एक जोडी रोबोटको भव्य रुपमा विवाह गरिदिएको छ ।
जापानको राजधानी टोकियोमा यो अनौठो विवाह सम्पन्न भयो । रोबोट बेहुलाको नाम फ्रायोस थियो भने बेहुलीको नाम युक्रिन । दुबैले परम्परागत जापानी पहिरन लगाएका थिए ।
मावा डेन्की नामक कम्पनीले रोबोट विवाह कार्यक्रमको आयोजना गरेको हो । इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी मावाले फ्रायोस रोबोटको डिजाइन गरेको थियो । युक्रिनको अनुहार जापानकी पप स्थार युकी काशीवागीको जस्तै छ । तथापि विवाह समारोहमा बेहुली रोबोटलाई रोबोरिन भनेर पनि सम्बोधन गरियो । कपिराइटको कानूनी झमेलाबाट बच्नका लागि यसो गरिएको बताइएको छ ।
उक्त रोबोट विवाहमा पाहुनाहरुलाई आमन्त्रण गर्नका लागि विवाह कार्ड पनि छपाइएको थियो । जहाँ एउटा मुटुभित्र दुइवटा रोबोटको चित्र अंकित थियो ।
यो विवाह समारोहमा बेहुला बेहुली मात्र होइन जन्तीहरु पनि रोबोट नै थिए । दुबै तर्फका गरी झण्डै १ सय वटा रोबोट जन्ती विवाहमा उपस्थित थिए । जसमध्ये धेरैले परम्परागत पहिरन लगाएका थिए । प्रसिद्ध कम्पनी सफ्टब्यांकले बनाएको रोबोट पाइपर पनि त्यहाँ उपस्थित थियो र उसैले रोबोट विवाह सम्पन्न गर्यो ।
विवाह समारोह पछि फ्रायोसयोस र युक्रिनले संयुक्त रुपमा केक काटे र एक अर्कामा चुम्बन पनि गरे । उक्त केक सक्कली थियो वा नक्कली त्यो भने खुलाइएन । विवाह पछि अटोमेटेड अर्केस्ट्राले बेहुला बेहुलीका लागि पहिलो नाचको लागि संगीत बजाएको थियो ।
विवाह समारोहको संचालक पनि एउटा सानो रोबोट नै थियो । पाल्मी नामक उक्त रोबोटले माइकमार्फत कार्यक्रम संचालन गर्यो । बेहुली युक्रिनको साथमा एक रोबोट लोकन्ती पनि उपस्थित थियो ।
अहिले अखाद्य पदार्थ मिसिएको म्यागी तथा मायोज चाउचाउमाथिको प्रतिबन्धको विषयले चर्चा पाइरहेको छ । भारतमा त करोडौँ मूल्य बराबरका म्यागी चाउचाउ नष्ट नै गरियो । चाउचाउले बजार तताइरहेका बेला फेरि अर्को भयानक तथ्य बाहिर आएको छ । मानिसले सबैभन्दा धेरै प्रयोग गर्ने खाद्य पदार्थ चामल प्लास्टिकबाट बनाइने गरिएको खुलासा भएको छ ।
समाचार अनुसार चीनका कतिपय कम्पनीहरुले प्लास्टिकबाट चामल बनाउने गरेका छन् । विश्वासै नलाग्न सक्छ । चीनमा उत्पादन हुने उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको बताइएको छ । यद्यपि सिंगापुरको स्ट्रेट्सटाइम अनलाइनले भने प्लास्टिकको चामल सिंगापुर आइनपुगेको जनाएको छ ।
पछिल्लो केही वर्षदेखि चीनमा प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यस्तो अखाद्य चामललाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । सामान्य चामलमा मिलाएपछि प्लास्टिकको चामललाई पहिचान गर्न तथा छुट्टाउन गाह्रो हुन्छ ।
यस्तो चामल सेतो प्लास्टिकबाट बनाउने गरिन्छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्दछ, असली चामलजस्तै गरी पाकेर भातको सिता जस्तै बन्दछ । फरक यत्तिमात्र हो की असली चामलको भात खाइसकेपछि सरीरमा पोषक तत्व प्रदान गर्न भने यो चामलको भात खानु भनेको एउटा ठूलो पोलिथिनको झोला खाए बराबर हो, जुन हानिकारक हुन्छ ।
समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।

यसैबीच प्लास्टिकको अखाद्य चामल उत्पादन भैरहेको समाचार सार्वजनिक भएसँगै चीन सरकारले यसबारेमा चासो देखाएकेा छ । घरेलु व्यापार सम्बन्धी मन्त्री हसन मलिकले यो विषयमा छानविनको आदेश दिएका छन् ।
प्लास्टिकको चामल उत्पादन भैरहेको एक कारखानाको भिडियो हालै सार्वजनिक भएपछि त्यो इन्टरनेटमा भाइरल बनेको छ ।
विश्वमा इन्टरनेटको अत्यधिक लत युवाहरुमा समस्याको विषय बनिरहेको छ । यसले मानिसहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत असर पारिरहेको छ । अझ जापानमा यो समस्या अत्यधिक रहेको छ । ५ लाख जापानी युवाहरुमा इन्टरनेट एडिक्सनको समस्या रहेको बताइएको छ ।
दिनमा घण्टौँसम्म अनलाइनमा बिताउने किशोरकिशोरीहरुमा स्कुल छाड्ने अर्थात् ड्रप आउट गर्ने जोखिम उच्च हुनुका साथै निद्रा नलाग्ने लगायतका समस्या समेत देखिन थालेका छन् ।
देशका युवा तथा किशोर वयका मानिसहरुमा देखिएको यो समस्यालाई समाधान गर्नका लागि जापानले अनौठो उपाय अपनाएको छ ।
जापानमा अहिले इन्टरनेटको लतमा फसेकाहरुको बानी छुटाउनका लागि ‘डिजिटल डिटोक्स क्लिनिक’हरु धमाधम खुल्न थालेका छन् ।
इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेकाहरुका लागि इन्टरनेटको कुलतको बानी छुटाउने यी उपचार केन्द्रहरुले इन्टरनेटका भोका युवाहरुलाई आफ्ना ग्याजेट घरमै थन्काउन प्रेरित गर्दछन् ।
इन्टरनेटका अम्मलीहरुलाई इन्टरनेट उपवासमा राखिन्छ र उनीहरुलाई केही समयको लागि भएपनि अनलाइनको भर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक अफलाइन संसारको साक्षात्कार गर्ने अवसर दिइन्छ । इन्टरनेटको कुलतमा फसेकाहरुका लागि यी उपचार केन्द्रमा राखेर विभिन्न खाले थेरापी समेत गराइन्छ ।
जापान सरकारले सुरु गरेको डिजिटल डिटोक्स कार्यक्रमको बारेमा अल जजिराले तयार पारेकेा भिडियो हेर्नुस्
#############################################
इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।
विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।
निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।
गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।
गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।